राष्ट्रिय खबर

आयो ३२ हजार ५ सय मेट्रिकटन मल

June 9, 2021 Desk 1

काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया […]

राष्ट्रिय खबर

एमालेमा एकताको प्रयास जारी : के भयो कुराकानी ?

June 9, 2021 Desk 1

काठमाडौं – नेकपा एमालेभित्र चर्किएको अन्तरसंघर्षले पार्टी फुटको डिलमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षीय नेताहरुबीच पार्टी एकतावद्ध बनाउने प्रयासलाई निरन्तरता दिइरहेका छन् । केहि दिनअघि पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्य र नेपाल पक्षले जारी […]

राष्ट्रिय खबर

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने

June 8, 2021 Desk 1

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब प्रदेश सरकारले जनताको पक्षमा द्रूत गतिमा काम गर्ने बताएका छन् । मंगलवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वको सरकारले प्रदेशको समृद्धिका लागि परिणाम देखिने गरी काम गर्ने बताएका हुन् । ३ वर्षे कार्यकालको […]

राष्ट्रिय खबर

विघटित प्रतिनिधिसभा (संसद) पुनर्स्थापना हुने; प्रचण्ड

June 8, 2021 Desk 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा (संसद) पुनर्स्थापना हुने बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापना हुने बताएका हुन् । ‘अदालतले पनि अन्तत हेर्ने भनेको संविधान हेर्ने हो […]

राष्ट्रिय खबर

प्रधानमन्त्री ओलीको गृहनगरमा चार अर्बको चलखेल

June 8, 2021 Desk 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा रंगशाला निर्माणको नाममा करोडौंको चलखेल भएको छ । मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया मिलाएर करोडौं हिनामिना हुन लागेको हो । प्रधानमन्त्री ओलीकै नाम जोडेरमा यसमा डिल भइरहेको स्रोत बताउँछ ।हिनाहिनाको आशंकापछि सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

राष्ट्रिय खबर

तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

June 7, 2021 Desk 1

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन ।मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र […]

राष्ट्रिय खबर

एमालेमा ‘सु,कु,ल,गु,,ण्डा’ समूह त खडा भएको छैन ?भुसालको प्रश्न

June 7, 2021 Desk 1

नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नाविरुद्ध अनर्गल प्रचार शुरू भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भुसालले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताए । ‘फेरि हाम्रा विरुद्ध अनर्गल […]

राष्ट्रिय खबर

गभर्नर अधिकारी,सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन

June 7, 2021 Desk 1

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले यसबारे स्पष्ट पारेका हुन् । गभर्नर अधिकारीले भने,‘सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण […]

राष्ट्रिय खबर

नेपाल – दाहाल भेटवार्ता

June 7, 2021 Desk 1

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको […]

राष्ट्रिय खबर

थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि

June 6, 2021 Desk 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । […]

राष्ट्रिय खबर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

June 6, 2021 Desk 1

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आइतबार हुँदैछ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित गरेर आजको लागि तोकिएको थियो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज नयाँ इजलास गठन गर्ने बुझिएको छ । जेठ ८ मा […]

बिबिध

कालो ढुसी रो’ग लाग्नै नदिन ,यसो भन्छन् वरिष्ठ चिकित्सकहरु

June 6, 2021 Desk 1

काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमण भइसकेका बि’रामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढु’सीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रो’ग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई […]

राष्ट्रिय खबर

‘नेपाललाई बुहल राज्यको खाँचो छ’,राजेन्द्र महतो

June 5, 2021 Desk 1

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारको उपप्रधानमन्त्री सहित सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका राजेन्द्र महतोले नेपाललाई एकल राज्य नभइ बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् । शुक्रवार पदभार ग्रहण गरेपश्चात उक्त अभिव्यक्ति दिँदै विवादित बनेका महतोले आज पुनः नेपाललाई बहुल राज्य बनाउन आवश्यक रहेको बताए । […]

राष्ट्रिय खबर

स्थिर सरकारको प्रतिबद्धतासहित प्रधानमन्त्री बनेका ओलीद्वारा ३८ महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर

June 5, 2021 Desk 1

काठमाडौं – ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।उनले प्रधानमन्त्री पदको सुरक्षालाई मात्र ध्यान दिएर मन्त्रिपरिषद् हेरफेर गरिरहेका छन् । ओली लोकतन्त्रमा कमसल वा अब्बल र टाढा वा निकटका कुनै पनि मन्त्री कुनै पनि वेला हट्न सक्छन्, ओली […]

बिबिध

विवाह भइरहेका बीचमा नै बेहुलीको मृ,त्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह

June 4, 2021 Desk 1

विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृ,त्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् ।यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घ’टित भएको हो ।बेहुली अचानक विवाह मण्डपमा ढ’लेपछि बोलाइएका डाक्टरले सुरभीको मृ’त्यु भइसकेको घोषणा गरिदिए। बेहुलीको मृ’त्यु भएपछि विवाह रो’क्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे […]

राष्ट्रिय खबर

सकियो नेपाल पक्षको बैठक, के भयो छलफल ?

June 3, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ। आजको बैठकमा वर्तमान राजनीतिक घटनाका विषयमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल पक्षका नेताहरुले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बैठकमा नेपाल पक्षका नेताहरु झलनाथ खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे र […]

1 2 3 4 32