टालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित हात

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित हात पारेको छ । शनिवार राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गरेको हो।

इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा लुकाकुले गोल गरेका थिए ।

जितसँगै इन्टरले २८ खेलमा ६८ अंक जोडेको छ । इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ८ अंकले अघि रहेको छ । बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।एजेन्सी