जितपछि खेलाडीहरुको नारा ‘केपी बा वी लभ यू’

काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनल हेर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खेलाडीहरुले ‘केपी बा वी लभ यू’ भन्दै नारा लगाएका छन् ।
सोमवारको फाइनल खेलमा च्याम्पियन बनेपछि सामूहिक तस्वीर खिचाउने क्रममा खेलाडीहरुले त्यस्तो नारा लगाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो ।
उपाधि समारोहमा सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा रहेका थिए ।
नेपालले पहिलो गोल गरेपछि ओलीले उठेर ताली बजाएका थिए ।

ओलीले फाइनलको बल हस्तान्तरण गरेका थिए । ओलीले शुरुमै खेलाडीसँग परिचय गरेका थिए । प्रधानमन्त्री ओलीले पुरै फाइनल हेरेका थिए । उक्त फाइनल समारोहमा सबै फुटबल खेलाडीले सामुहिक तस्वीर खिचाउने क्रममा ‘केपि बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए ।
सोमवार भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले ‘थ्री नेसन्स कप’को उपाधि हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जीत हासिल गरेसँगै नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
खेलाडीद्वय संजोग राई र विशाल राईले गरेको गोलले नेपाललाई जीत दिलाएको हो । खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेका हुन् ।

नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् । नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका हुन्
३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् । त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट रहेका थिए ।लोकपथ