लमजुङमा बस दुर्घटना, एक जनाको मृत्यु

लमजुङ,२२ मंसिर/ लमजुङको पाउदीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन् । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल पाउदी खोलामा खसेको हो ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई चितवन मेसडकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

बसमा १२ जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी गुड्न थालेपछि ओर्लिएका थिए । मृतक एक महिला रहेकी छिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.