बालुवाटारमै प्रधानमन्त्रीको डेरा फेरियो

२२ मङि्सर,काठमाडौं । बालुवाटरमा रहेको प्रधानमन्त्री निवास भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि भिआईपीहरुको आवास पनि अदलबदल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालेपछि भीआईपीहरु बस्दै आएका निवासहरु अदलबदल गरिएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री १० दिनको अस्पताल बसाईपछि बालुवाटर प्रवेश गरेको भोलिपल्टैबाट प्रधानमन्त्रीको निवास भत्काउन शुरु गरेको हो । त्योसँगै प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायतको आवास अदलबदल भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री निवाससँगै प्रधानन्यायधिस, मुख्य सचिव, प्रतिनिधीसभाका सभामुख लगायतका निवासहरु सँगसँगै जस्तो छ । प्रधानमन्त्रीको सरकारी निवास भत्काएपछि भीआईपीहरुको बसोबास अदलबदल गरेर व्यवस्थापन गर्ने प्रयास भएको छ । प्रधानमन्त्री ओलीलाई मुख्य सचिव बस्दै आएको निवासमा सारिएको छ । मुख्य सचिवको निवासमा यस अगाडी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना बस्दै आएका थिए ।

तिमल्सिनालाई भने सभामुख निवासमा सारिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा संसदकै एक कर्मचारीसँगको यौन विवादमा परेपछि अहिले जेलमा छन् । उनले त्यो स्थान छोडेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालाई त्यहाँ सारिएको छ । २८ करोड रुपैयाँ लगाएर प्रधानमन्त्री निवास बनाउन लागिएको छ ।

बालुवाटारभित्र प्रधानमन्त्रीका लागि निजि र सार्वजनिक भवन गरी दुईवटा बनाउने तयारी छ । दुवै भवन एकैपटक बनाउने गरी तयारी थालिएको छ । प्रधानमन्त्रीको भवन ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तयारी भईरहेको बालुवाटार स्रोतले बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.