इटहरीको सूर्य कम्लेक्समा भिषण आगलागी, ६ कराेडकाे क्षती

मंसिर २२, इटहरी । मध्यराती इटहरीमा भिषण आगलागी हुँदा अनुमानित ६ कराेड बढीकाे क्षती भएकाे छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्लेक्समा आगलागी हुँदा अनुमानित ६ कराेड बढिकाे क्षती भएकाे हाे । शनिबार मध्यरत सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट लागेकाे आगो ९ वटा दमकलको साहयतामा साडे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएकाे छ ।

विरानगर,दमक,सप्तरी,धरानको २ वटा दुहवी, महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ । ७ महिना यता संचालनमा आएकाे साे रेष्टुरेण्टमा ५ कराेडकाे लगानि रहेकाे संचालक किरण कुमार बुढाथाेकी बताउछन् । बुढाथाेकीका अनुसार अाफु १२ बजे सम्म रेष्टुरेन्ट बन्दगरेर घर हिडेकाे राती १ बजे मात्र अाफुले थाह पाएकाे बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.