स्मार्ट लाइसेन्स छाप्ने मेसिनमा ठगियो सरकार

पत्रिकामा स्मार्ट लाइसेन्स समस्या तत्काल समाधान गर्ने उद्देश्यले खरिद गरिएको मास प्रिन्टरले सर्तअनुसार काम नर्ग नसक्दा लाखौँ सेवाग्राही बिचल्लीमा परेको समाचार छ ।

उपकरणले सम्झौताको सर्तअनुसार काम नगरेपछि आपूर्तिकर्ता कम्पनीलाई खरिद ऐनको प्रावधानबमोजिम कालोसूचीमा राख्नुपर्ने हुन्छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागकै उच्च अधिकारी आचरणविपरित मास प्रिन्टर आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्सलाई जोगाउन लागिपरेको तथ्य खुल्न आएको छ ।

प्रिन्टिङ सेक्टरमा बदनाम भएको कम्पनीलाई मास प्रिन्टरको खरिदको ठेक्का सुम्पिदा प्रिन्टरमा सरकार ठगिन पुगेको छ । आपूर्तिकर्ताकै खर्चमा विदेश घुमेर आएकाले उपकरणले प्रभावकारी काम नगरे पनि मुलुकको हितमा नभइ आपूर्तिकर्ताको हितमा विभागकै उच्च अधिकारहिरु बोल्न थालेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.