गैरकानुनी काम गरेको अभियोगमा ६ नेपालीहरु सहित २ जापानी पक्राउ

कुमामोतो । जापानको कुमामोतोमा भिसाको म्याद सकिएर काम गरेका ६ जना नेपाली र काम लगाउने एक जना जापानी पुरुष पक्रा’उ परेका छन् । उनीहरु सबै जना किकुची शहरको कन्स्ट्रक्सन कम्पनीको फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

कुमामोतो शहरमा बसोबास गर्दै आएका कन्स्ट्रक्सन कम्पनीका ६१ बर्षिय म्यानेजर र्युइची हिराए र ३० देखि ४० बर्ष भित्र उमेर भएका ६ जना नेपाली पक्रा’उ परेका हुन् ।प्रहरीका अनुसार हिराएले जनवरी देखि अघिल्लो महिनासम्म भिसा म्याद सकिएर पनि गैरकानुनी रुपमा ६ जना नेपालीहरुलाई किकुची शहरमा रहेको निर्माण सामग्री भण्डारण क्षेत्रमा सिभिल ईन्जिनियरिङ्गको काम लगाएको पाइएको छ ।

एनएचकेको अनलाइन संस्करणमा ‘ शंकास्पद बिदेशीहरु काम गरिरहेका छन् ‘ भनेर कसैले प्रहरीलाई सूचना दिएको लेखिएको छ ।सोहि कम्पनीमा कार्यरत ७१ बर्षिय जुनिची योनेइलाई पनि प्रहरीले पक्रा’उ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
उनलाई प’क्रा’उ परेका एक जना नेपालीलै गैरकानुनी रुपमा आफुले जिम्मा लिएको घरमा बस्न दिएको अभियोगमा पक्रा’उ गरिएको हो ।प्रहरिले सबै नेपालीहरुले आरोप स्विकार गरेको बताएको छ भने अन्य जापानीहरुका बारेमा केही खुलाएको छैन ।