एसपीको ख’तरनाक ‘सेटिङ’ : दु’र्घटना गराउनेसँग मि’लेमतो, पी’डित थप पी’डा झे’ल्न बा’ध्य

विराटनगर- दु’र्घटनाबाट पी’डित बनेको एउटा परिवार नेपाल प्रहरीका वि’वादस्पद एसपी सुदीप राजभण्डारीको ख’तरनाक ‘सेटिङ’को सि’कार बनेको छ । विराटनगर घर भएका एसपी राजभण्डारीले दु’र्घटना गराउने पक्षसँग मि’लेमतो गरेर ‘सेटिङ’ मिलाएपछि पी’डित परिवार भने थप पी’डा झे’ल्न बा’ध्य भइरहेको घ’टना बाहिर आएको हो ।

जनप्रतिनिधिको ट्याक्टरले ठ’क्कर दिएर एक नाबालकलाई घा’इते बनाएको घटनामा उनको मि’लेमतो प्रष्ट देखिएको छ । का’नुन कार्यान्वयन गर्ने निकायका अधिकारी राजभण्डारी पी’डितलाई सहयोग नगरि पी’डकको सहयोगी बनेपछि दु’र्घटनाबाट ग’म्भीर घा’इते भएका बालकको उपचार खर्च ज’नप्रतिनिधिले तिर्न मा’निरहेका छ्रैनन् ।

न त ना’बालकले प्र’भावकारी उपचार नै पाउन सके ।जति पहल र हा’रगु’हार गर्दा पनि न्या’न नपाएपछि र दु’र्घटना गराउने पक्ष सम्पर्कमा नआएपछि विराटनगरको एउटा अस्पतालमा रहेका बच्चा लिएर बाबुआमा ‘सु’टुक्क’ भा’ग्नुपर्ने अवस्था बनेको छ ।दु’र्घटनामा परेर घा’इते बनेका ३ वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी सदा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालबाट भा’गेका हुन् ।

सदा परिवार सिरहा जिल्लाको सिरहा नगरपालिका–१४ खि’रौनाको हो ।अहिले एसपी राजभण्डारी सिरहा प्रहरी प्रमुख छन् । गत मंसिर २० गते सिहरा–१३ का वडाध्यक्ष सचिन साहको ज २ त ७०३ नम्बरको ट्या’क्टरले सिरहा–१४ लबटोलीमा ठ’क्कर दिएर ना’बालक कार्तिकलाई ग’म्भीर घा’इते बनाइएको थियो ।

अस्पतालका प्रशासन प्रमुख पदम वि’नाडीका अनुसार अत्यन्तै ना’जुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो । ब’चाउन नसकिने भन्दै अरु अस्पतालले लिन न’मानेपछि अ’भिभावकले कार्तिकलाई न’र्सिङ होम पु¥याएका हुन् । ‘घाँ’टी छे’डेर पाइप जडान गर्दै टाउकाको श’ल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिवद्धता अनुसार दु’र्घटना गराउने पक्षले उपचारवापत लागेको सबै खर्च न’तिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भा’गेछन् ।’

नाबालकको दाहिने आँखाको दृष्टि गु’मेको छ । अवाज बि’ग्रिएर राम्ररी बोल्नै सक्दैनन् । दु’र्घटना गराउने पक्षलाई प्रहरीबाट संरक्षण मिलेका कारण नाबालकको उपचार प्र’भावकारी हुन नसकेको स्रोतले बतायो । ‘नाबालकलाई बचाउनै नसक्ने अवस्थामा अस्पतालले सकेजति उपचार गरिदियो,’ विनाडीले भने, ‘अवस्थै ग’म्भीर रहेकाले आँखाको दृ’ष्टि चैँ खुलाउन नसकेको चिकित्सकले बताएका छन् ।’

वि’नाडीका अनुसार कार्तिकलाई झन्डै दुई महिनासम्म भे’न्टिलेटर, आ’ईसीयू हुँदै बच्चा वार्डमा राखेर उपचार गरियो ।गत माघ १६ गते नै डि’स्चार्ज गरिदिए पनि उपचारवापतको सबै पैसा न’तिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै ब’न्ध’क बनाइएको थियो ।

ब’न्ध’क बनाइएका छोरा रुँ’घेर बसेका बाबुआमा उनलाई लिएरै गत सोमबार दिउँसो विराटनगरबाट भा’ग्नुपर्ने अवस्था बन्यो ।प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारवापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ । जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै ति’रिदिएका थिए ।

तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ ति’र्न बाँकी छ । वि’नाडीका अनुसार औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ ।उनले बच्चा लिएर फरार बनेका बाबुआमाको खो’जतलासका लागि सिरहा प्रहरीमा निवेदन दिइएको बताए ।

‘उपचार खर्च तिर्ने वातावरण बनाइदिनु भनेर प्रहरीलाई बारम्बार अनुरोध गरियो,’ उनले भने, ‘तर के स्वा’र्थ थियो कुन्नी, चासै दिएन ।’ दु’र्घटनाजस्तो संवेदनशील विषयमा प्रहरी ग’म्भीर नबन्नु र पी’ड’कको पक्ष लाग्नु दुःखद् भएको उनले बताए । विनाडीले लामो समय कोरोना महामारीको च’पेटामा परेकाले पूरै रकम छुट गर्नसक्ने अवस्था अस्पतालको नभएको पनि उल्लेख गरे ।

दु’र्घट’नामा कसैको मृ’त्यु भएमा सवारी ज्यान र शरीरको अङ्गमा क्षति पुगेमा वा गुमेमा अ’ङ्गभङ्ग मु’द्दामा का’रबाही गर्नुपर्ने का’नुनी व्यवस्था छ । क्षतिपूर्ति एवं उपचार खर्च दु’र्घटना गराउनेले बे’होर्नु पर्छ । तर एसपी राजभण्डारीले भने ‘गुपचुप’ राखेर घ’टनालाई नै मो’ड्दै नियम अनुसार का’रबाही नगरेको र उपचार खर्च पनि न’तिराएको पाइएको छ ।

दु’र्घट’ना गराउने ट्याक्टर चालक सिरहा–१४ का धनवीर सदालाई प्रहरीले अ’भ’द्र व्य’वहारको मु’द्दा मात्रै चलाएको खुलेको छ । अ’भ’द्र व्य’वहार प्रहरीले चलाउने मु’द्दामध्येको सबैभन्दा कमजोर मानिन्छ । त्यही पनि दु’र्घट’नाजस्तो विषयमा यो क’सूर आ’कर्षित हुनै सक्दैन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएका चालकभने जिल्ला प्रशासन कार्यालयबाट ध’रौ’टीमा छु’टिसकेका छन् ।

बिना लाइसेन्स सवारी चलाउँदा दु’र्घट’ना भएमा का’रबाही बढी हुने का’नुनी व्यवस्था छ । मु’द्दामा दु’र्घ’टनाको कुनै विषय न’छुवाइएपछि पी’ड’कलाई सहज उ’न्मु’क्ती मिलेको प्रहरी स्रोतले बतायो । जनप्रतिनिधि एवं राजनैतिक दलका नेताहरुको द’बाब र प्र’भावमा परेपछि एसपी राजभण्डारीले मि’लेमतो गर्दै घटनालाई अर्कोतिर ब’ङ्ग्याइदिएको स्रोतले बतायो ।

यो घटनामा पी’ड’कलाई का’नुनी कारबाही अघि नबढाउन उनी आफै स’क्रिय भएर लागेको पी’डि’त पक्षको गु’नासो छ । एसपी जत्तिको दर्जामा रहेका व्यक्तिले आफै स’क्रिय भएर दु’र्घट’ना मिलाउन ला’ग्नुलाई लेनदेन ‘से’टिङ’का रुपमा लिइएको छ ।एसपी राजभण्डारीको विगत पनि त्यति सन्तोषजनक छैन ।

पटकपटक विभिन्न मु’द्दा र घटनामा वि’वादित बन्दै आएका उनी पर्नुपर्ने ब’ढुवामा पनि छु’टिरहेको नेपाल प्रहरी स्रोतले बतायो ।‘जनप्रतिनिधिको ट्याक्टरले दु’र्घटना गराएपछि चालकलाई ब’चाउन चौतर्फी द’बाब आयो,’ प्रहरी स्रोतले भन्यो, ‘द’बा’ब र प्र’भावकै कारण मिलेमतोमा घटनाको अनुसन्धान पनि गलत ढङ्गले भयो ।’

अस्पतालका एक कर्मचारीका अनुसार सिरहा प्रहरी प्रमुख एसपी राजभण्डारीले ट्याक्टर धनी वडाध्यक्षले उपचारको पैसा तिर्ननसक्ने भन्दै बि’रा’मीलाई त्यत्तिकै मिलाएर छा’डिदिन बारम्बार द’बाब दिएका थिए । उनको दबा’बमा ले’नदेन ‘से’टिङ’ र मिलेमतो प्रष्ट झ’ल्किने ती कर्मचारीले बताए ।

जनप्रतिनिधि भएकाले वडाध्यक्षलाई का’रबा’ही गर्न नसकिने एसपी राजभण्डारीले बताएको ती कर्मचारीको भनाइ छ । ‘जसरी भए पनि बि’रा’मीलाई घर पठाइदिनू भन्ने द’बाब मात्रै दिइरहँदा हामीले पैसा नतिरेसम्म सक्दैनौँ भन्यौँ,’ उनले भने, ‘ट्याक्टर मालिकले पनि चासो नदिइरहेका बेला अस्पतालबाटै बच्चा लिएर बाबुआमा भागिदिए ।’

उनका अनुसार एसपी राजभण्डारीसँग ‘सेटिङ’ मिलाउनसक्दा ट्याक्टर धनी वडाध्यक्षले उपचारको पैसा तिर्न नमानेको प्रष्ट हुन्छ । उनले अस्पतालबाट भाग्नुमा पनि राजभण्डारीकै हात रहेको आशंका गरिएको बताए ।पारिवारिक आर्थिक अवस्था कमजोर भएका बच्चाका बाबुआमा जगदीश र गेनादेवी ज्या’लामज’दुरी गरेर जीविका चलाउछन् ।

टेलिफोन सम्पर्कमा जगदीशले ऋण खोजेको पैसा सकिएपछि भो’कभोकै परेकाले आफूहरु बच्चा लिएर अस्पतालबाटै भा’ग्न बा’ध्य भएको बताए । ‘पैसा नभएर स’मस्यामा पर्दा भो’क लाग्यो भन्दै बच्चा रुने र चि’च्याउने गरेकाले सहन सकिएन । पहिलेको पैसा नतिरेको भन्दै होटलले पनि खाना दिन छाडे,’ उनले भने, ‘उपचार, औ’ष’धि र खाएको धेरै पैसा तिर्न थियो ।

दु’र्घट’ना गराउनेले नतिर्ने भनेपछि हामीबाट झन् सम्भव नहुने भएकाले उपयुक्त मौ’कामा बच्चा च्याप्दै अस्पताल छाडियो ।’उनले उपचारमा सहयोग गरिदिन धेरैतिर हा’रगु’हार गर्दा पनि कसैले वास्ता नगरेको सुनाए । पैसा ति’र्ननसक्दा छोरो निको भयो भनिएको डेढ महिनासम्म अस्पतालमै बन्धक बनेर बस्नु परेको जगदीशको गु’नासो छ ।

‘हाम्रो आर्थिक अवस्थाले नभ्याउने भएपछि छोराको उपचारको पैसा तिरिदिनु भन्दा वडाध्यक्ष र प्रहरीले थ’र्काउ’ने तथा अनेक हिसाबले ध’म्क्या’उने गरे,’ उनी भन्छन्, ‘धेरै बल गर्दा गाउँमा आफै अ’सुरक्षित हुने ड’रका कारण अस्पतालमा ब’न्ध’क बनेर बस्नुभन्दा भाग्नु उचित ठान्यौँ । न्याउन नपाउने यो कस्तो वि’डम्बना हो ?’

माया मा’रेको छोरो जेनतेन बाँचे पनि प्रहरीले घट’नामा उल्टो भूमिका खेलिदिँदा भने न्याय पाउन नसकेको उनको गु’नासो । उपचारको पैसा तिराउन पहल गर्नुपर्नेमा वडाध्यक्षसँग किन निहुँ खोजेको भनेर उल्टै एसपी राजभण्डारीले धम्क्याएको गु’नासो पी’डित पक्षको छ ।

‘दु’र्घटना गराउनेलाई का’नुन अनुसार का’रबाही हुनुपर्छ भन्दा जाहेरी लिन नमानेको प्रहरीले उल्टै हामीलाई नै का’रबाही गर्ने ध’म्की दियो,’ जगदीशले भने ,‘बल्लबल्ल बाँ’चेको छोरो माया मार्न नसकेपछि घटनाका सम्बन्धमा एउटा निस्कर्ष निस्किएला भनेरै अस्पतालबाट भागेका हौँ ।’

पी’डा र स’मस्यामा परेका गरिबलाई कोहीकसैबाट पनि सहानुभूति र सहयोग नमिलेको उनको गुनासो छ । का’नुनअनुसार अघि बढ्नुपर्ने प्रहरीले नै पी’डकको संरक्षण गरिदिएपछि आफूहरुको केही न’लागेको जगदीशले बताए ।वडाध्यक्ष साहले भने उपचारको पैसा तिरिसकेको दा’बी गरेका छन् ।

प्रहरी कार्यालयमा सबै राजनैतिक दल र अ’गुवा तथा जनप्रतिनिधिबीच छलफल गरेर भएको सहमति अनुसार उपचारवापत पाँच लाख ७५ हजार रुपैयाँ दिइसकेको उनको जि’किर छ । ‘घ’टनामा मि’लापत्र भइसक्यो,’ साह भन्छन् ,‘अब मैले पैसा तिर्न नपर्ने भएकाले यो कुरालाई बाहिर ल्याइरहन आवश्यक छैन ।’

दु’र्घट’नाको विषयलाई लिएर निक्कै वि’वा’दित बनेका एसपी राजभण्डारी भने बि’रा’मी भाग्नु अस्पतालको कमजोरी भएको बताउँछन् । ‘अस्पतालमा कर्मचारी र सु’रक्षागा’र्ड हुन्छन् । उनीहरुको नि’गरा’नीमा रहेको बि’रा’मी भाग्दा प्रहरीको के दो’ष ?,’ ध’म्की पूर्ण शैलीमा उनले भने, ‘बरु भाग्ने क्रममा बि’रामी र उसका आफन्तलाई केही भएको भए उल्टै अस्पताल फ’स्ने थियो । प्रहरी त का’नुन बमोजिम अघि बढ्ने निकाय मात्रै हो ।’

यस घ’टनामा प्रहरीले केही गर्ननसक्ने भएकाले अहिलेसम्म जति भयो त्यसैमा सबैले चित्त बुझाउनुपर्ने जि’किर राजभण्डारीको छ । ‘दु’र्घटनाका विषयमा कोही कसैले बुझ्न खोज्यो भने पनि उनी धम्क्याउने र थ’र्काउने गर्छन्,’ एक प्रहरीले भने, ‘एसपी जत्तिको दर्जामा बसेको मान्छेले यस्तो ग’र्लान् जस्तो लागेको थिएन ।’