हप्ता १० दिनमा ओलीवि‘रुद्ध अविश्वास प्रस्ताव दर्ता हुने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हप्ता/१० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीवि‘रुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको नि‘धनपछि अ‘न्तिम बि‘दाइमा सहभागी हुन आज विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अ‘वैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताए ।

“अबको हप्ता/१० दिनमै ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ,” उनले भने, “कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।” उनले ओलीको विकल्पमा आउने सरकारको नेतृत्व नपाली कांग्रेसको हुने बताए ।

यस्तै, शशांकले ओली सरकार अ‘वैधानिक भएकाले अ‘वैधानिक सरकार लामो समय टिक्नु पनि देशका लागि सकारात्मक कुरा नभएको बताए । “जुन संसद् ओलीले वि‘घटन गरेर समाप्त पार्ने प्रयास गरे, त्यही संसद् पुनःस्थापित भएपछि पनि उनी बसिरहनु अनैतिक र अ‘वैधानिक हो,” उनले भने, “यस्तो अ‘नैतिक सरकार रहनु देशको हितमा हुँदैन । त्यसैले यसको विकल्प अनिवार्य छ ।”

कांग्रेस नेतृत्वमा चु‘नावी सरकार :डा. कोइरालाले कांग्रेसको नेतृत्वमा बन्ने सरकार चु‘नावी सरकार हुने बताए । “अहिलेको संसद्मा कम्युनिस्ट पार्टीको बहुमत छ, यो बहुमतलाई लत्याउने र जनमतको अपमान गर्ने काम कम्युनिस्टहरुबाट भएको छ,” उनले भने, “कांग्रेस नेतृत्वको सरकार चु‘नावी सरकार हुनेछ । त्यो सरकारले ताजा जनादेश लिएर देशलाई निकास दिनेछ ।” उनले अहिले कांग्रेसको ध्येय ओलीको विकल्प मात्र नभई देशलाई ताजा जनमतमार्फत निकास दिनु भएको पनि बताए ।