काठमाडौं । ‘आफ्नै पार्टीको संसदीय दलको बैठकमा किन नजानु ?’– एमाले नेता लालबाबु पण्डितले प्रतिप्रश्न गर्नुभयाे ।प्रधानमन्त्री निवास बालुवाटारमा आ’योजित नेकपा एमाले संसदीय दलकाे बैठकमा किन जानुभएको भनी साेधेको प्रश्नमा उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री र पार्टी अध्यक्षले बोलाएको बै’ठकमा नजाने भन्ने नै हुँदैन ।’
तपाईंलाई त माधव, झलनाथहरुले हाम्रो गुटमा हाेइन र भन्ने प्रश्नकाे जवाफमा लालबाबुले भन्नुभयो – ‘म पार्टीको मान्छे हूँ, गु’टको मान्छे होइन, म कहिल्यै गुटमा लागेकाे छैन र लाग्दिन पनि ।’ सधैंभरी पार्टीभित्रका आन्तरिक वि’वाद मिलाउन आफू लागेको तर गुटमा नलागेको लालबाबुले प्रष्ट पार्नुभयो ।उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले माधव–झलनाथहरु विस्तारै पार्टीको बैठकमा सामेल हुने विश्वास व्यक्त गर्नुभएको छ।
‘हामीले छलफल गरेका छौं, कमीकमजोरी भए आ’लोचना आ’त्माआलोचना गर्न पाइन्छ, नआए विधान छँदैछ’– प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लालबाबुले भन्नुभयाे ।बैठकले संसदीय दलकाे विधान संशोधनका लागि तीन सदस्यीय कार्यदल ग’ठन गरेको उहाँले बताउनुभयो । बैठकले प्रधामन्त्रीको संयोजकत्वमा पुरानै विधान अनुसार संसदीय बोर्ड पनि ग’ठन गरेको उहाँले बताउनुभयो ।