काठमाडौं, मंसिर २२ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ। सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको खबर आजको नयाँ पत्रिकामा दीपेन्द्र गुरुङले लेखेका छन्।
महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन्।
अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन्। बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा। लाल इकनायकेले बताए । ‘हाम्रा १३ खेलाडी बिरामी परेका छन् । त्यसमध्ये धेरै खेलाडी एथलेटिक्सका छन् । यो हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो,’ डा। इकनायकेले भने, ‘हामी उनीहरूको उपचारमा खटिइरहेका छौँ ।’ एथलेटिक्स प्रशिक्षण टोलीका तीनजनालाई पनि उच्च ज्वरो आएर होटेलमा आराम गरिरहेका छन्। उनीहरूलाई पनि डेंगुको आशंका गरिएको छ।
श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ। सागको बन्द प्रशिक्षणका क्रममा श्रीलंकाको सुगथादसा स्पोर्टस् होटेलमा बसेकामध्ये पाँच खेलाडीलाई अहिले डेंगु देखिएकाले उतै संक्रमित भएको अनुमान लगाएको हो।
श्रीलंकाली साग टोलीले नेपालसँग विशेष अनुरोध गरेर ब्लुक्रस अस्पतालमा आफ्ना बिरामीको आफैँ उपचार थालेको छ। भिडियो कलमार्फत उतैका विज्ञ डाक्टरसँग परामर्श लिएर उपचार गरिरहेको छ।
best place to buy tadalafil online reviews – buy tadalafil online safely tadalafil canadian pharmacy
cvs propecia price – what does finasteride do how to know if propecia is working
finasteride alternative – finasteride coupon buy propecia online
tadalafil liquid – http://xtadalafilp.com/ tadalafil generic online
Hgalkh – http://virviaga.com/ ildenafil citrate
viagra online usa mexican viagra
buy real viagra online
Pgdpwx – order provigil online Bbefma xbicfu
Ltepre – viagra for men Epvuat nkifsj
Jpbgyv – furosemida Uxswqd ytirbs