सानेपामा शुरु भयो नेपाल-खनाल पक्षका सांसदहरुको भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुको बैठक शुरु भएको छ ।

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज होटेलमा नेपाल-खनाल पक्षका सांसदहरुको भेला केहीबेर अघि शुरु भएको हो ।
त्यस्तै आज नै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । त्यसैको काउन्टरस्वरुप नेपाल खनालले आफूनिकटका सांसदहरुको भेला बोलाएका हुन् ।

संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै त्यसबारे छलफल गर्नका लागि सांसदहरुको भेला बोलाएका हुन् ।