कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ ।