५ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।