काठमाडौं, मंसिर २२ । काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काई वाक टावर’(आकास मार्गमा हिँड्ने टावर) निर्माण हुने भएको छ।
टावर कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो।
आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण हुने टावर जमिनबाट कुल ७८ मिटर माथि उचाइमा बन्ने खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।
बाहिरबाट हेर्दा पूरा सिसैसिसाले बनेको जस्तो देखिने यस आकर्षक टावरमा हाल देखिएको जमिनको सतहबाट ६८ मिटरमाथि उचाइमा पुगेपछि सय जनालाई एकैपटक खाना खुवाउन मिल्ने रेस्टुरेन्ट र सभाहल हुनेछन्।
टावर वन्डर्स नेपाल प्रालिले बनाउन लागेको हो।