कुबेतले लगाएको प्र’तिबन्ध फु’कुवा, नेपालसहित ८ मुलुकलाई प्रवेश अनुमति

दोहा– कोरोना महामारीका करण कुवेतले लामो समयदेखि लगाएको प्र’तिबन्ध फु’कुवा गरेको छ । अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जनाइएको छ ।

प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण गरेको हुनुपर्ने तथा रिपोर्टमा नेगेटिभ आएको ७२ घण्टा भित्रमा कुवेत प्रवेश गरिसक्नु पर्ने जनाइएको छ ।पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा पनि ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने अरब टाइम्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित सबै एयरलाइन्सलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि स’र्कुलर जारी गरिएको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल-फ’दागीले बताएका छन् ।सेप्टेम्बरपछि खोप नलगाएका कामदारको आवासीय अनुमति पत्र नविकरण नहुने

यसैबी कुवेतले आगामी सेप्टेम्बरपछि कोरोना वि’रुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र (भिसा) नविकरण नगर्ने जनाएको छ ।खोप नेपालीसहित आप्रवासी का’मदारलाई निःशुल्क वितरण गरेको छ

स्वास्थ्य मन्त्रालयको वेभ साइटमा आफ्नो विवरण भरेपछि मोबाइलमा अ’पोइन्ट्मेन्टको म्या’सेज दिनेगरी खोपको व्यवस्था मिलाएको कुवेत सरकारले जनाएको छ ।कोरोना संक्रमण पढेपछि कुवेतले गत मार्च ७ तारिखदेखि एक महिना सम्मको लागि बेलुका ५ देखि बिहान ५ बजेसम्म क’र्फ्यू लगाइएको छ।

6 Trackbacks / Pingbacks

  1. hydroxychloroquine sulfate
  2. viagra premature ejaculation treatment
  3. montel williams keto diet
  4. zithromax 500mg over the counter
  5. what is better viagra or cialis
  6. ivermectin cream

Comments are closed.