नयाँ प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म हामी सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं : दिनानाथ शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता उनले भने,‘समस्याको समाधान हामील्े समर्थन फिर्ता लिएर मात्रै हुँदैन् । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरु दलहरुले हिम्मत गर्नुपर्यो । प्रमुख प्रतिपक्षी दल वे’टिंग ईन ग’भर्मेन्ट हो ।

सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्यो नि । हामी त नेकपा सरकारमै थियौं ।’ तर, आफूहरु अहिले सरकारमा नभएको उनको भनाई छ ।माओवादी केन्द्रका साथीहरु एमालेमै समाहित भएको पनि उनले सुनाए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने उनले सम्भावना सुनाए ।

सरकारमा सहभागी भएका माओवादी केन्द्रका साथीहरुलाई आफूहरुले पार्टीमा फर्कन अनुरोध गरेको सुनाए ।उनले नेकपा एमाले न’फुटोस भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘आ’न्दोलन न’फुटाऔं । कांग्रेस पनि एक ढिक्का हुनुपर्छ । माोवादीलाई त्यस्तो समस्या छैन् ।

एमालेभित्र देखिएको समस्या निषेध गर्नुहुन्न क्या ।’ सरकारको नेतृत्व गर्नेगरि कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएर नआए आफूहरुले के गर्ने ? भन्नेबारे अहिले छलफल गरिरहेको स्पष्ट पारे ।उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको सुनाए ।

उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जि’किर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरुको समर्थन हुने उनको भनाई छ ।नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अलि गम्भीर नै रहेको सुनाए ।उनले भने,‘नेकपाभित्र उत्पन्न वि’वादका कारणले राष्ट्रिय राजनीतिमा स’मस्या देखापरेको छ ।

अहिले हामी अलग अलग भयौं । हामीले लामो प्रयत्न गरेर एकता गरेका थियौं । अ’न्तरवि’रोधहरुलाई हल गर्ने कुरा जिम्मेवार नेताको काम हो । नेकपाभित्रका नेता पार्टीभित्रको अ’न्तरवि’रोध हल गर्न असफल हुनुभयो । नेतृत्वकै संकट हो । नेताहरुको संक’ट हो ।घरमुलीले सम्हाल्ने हो नि घरको स’मस्याको स’माधान गर्ने कुरा ।

दुवै जना जिम्मेवार छन् । अलिकति बढि जिम्मेवार प्रधानमन्त्री ओलीजी हुनुहुन्छ । हामी विभाजित हुनुपर्ने स्थिति हो । मैले त मेरो नेता ओलीजीलाई मानेको थिएँ । अलग अलग हुँदा मलाई दुःख लागेको छ। तर, अब ओली क’मरेडलाई मैले नेता मान्न सकिनँ ।जनप्रतिनिधि संस्था, जनताको उत्साहका साथ मत दिए ।

दुई तिहाईको मत दिए । स्वयम प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । मलाई दुःख लाग्यो । संसद् विघटन गर्नुहुन्थेन् । अहिले आन्तरिक वि’वादका कारण पार्टी विभाजन भयो । मैले प्रधानमन्त्रीलाई भनेको थिएँ कि तपाईँ पाँच वर्षको प्रधानमन्त्री हो । उहाँले संसद्मा बहुमत प्राप्त गर्नुहुन्थ्यो । तर, उहाँले संसद् फेश गर्नुभएन ।’