अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

काठमाडौंमा आगामी चैत १५ गतेबाट मेलम्चीको पानी वितरण शुरू गरिंदैछ । योसँगै काठमाडौंको ढल प्रणालीमा स्वतः फोहोर पानीको चाप बढ्ने अवस्था छ । तर, काठमाडौंको हालको ढल प्रणालीले मेलम्चीको पानी आएपछिको चाप थेग्न सक्नेमा विज्ञहरू आशंका व्यक्त गर्छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रणालीमार्फत उपत्यकामा बर्खायाममा दैनिक १५ करोड र हिउँदमा १० करोड लिटर पानी वितरण हुने गरेको छ । अब दैनिक १७ करोड लिटर पानी मेलम्चीमार्फत वितरण प्रणालीमा थपिनेछ । केयूकेएलका अनुसार वितरण भएमध्ये ८० प्रतिशत पानी उपयोगपछि काठमाडौंको ढल प्रणालीमा बग्छ ।-onlinekhabar