काठमाडौँ–तराई द्रूतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बुधबारको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रूतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब बस्ने बैठकमा द्रूतमार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताए ।