‘एमाले मिल्नै नसक्ने बिन्दुमा पुगेको छैन, अझै मिलाउन सक्छौं’

काठमाडौं । पुनर्स्थापित नेकपा एमालेमा सुरु भएको वाद–प्रतिवाद उत्कर्षमा पुगेको छ । अनुशासनको कारबाही गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चेतावनीका बाबजुद वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कर्ताकर्ता भेला गरेपछि धेरैले एमाले फुट्ने त होइन भन्ने प्रश्न गर्न थालेका छन् ।

तर नेपाल समूहका नेता सदस्य सुरेन्द्र पाण्डे भने एमाले नफुट्ने दाबी गर्छन् । उनले भनेका छन्, ‘मेरा मनमा पनि केही गम्भीर आशंका छन्, तर हाम्रो एकताको सम्भावना टुट्यो, हामी अन्तिम डिलमै पुग्यौं । त्यहाँ भन्दा उता हामफाल्ने मात्रै हो भन्ने देखिहाल्दिन म अहिले ।’