मौसम पूर्वानुमान : ३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

काठमाडौं । आगामी दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।