राष्ट्रिय कार्यकर्ता भेला शुरु, खनालले गरे अध्यक्षता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता शुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला शुरु भएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला भोलिसम्म चल्ने छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

कार्यकर्ता भेलाको संचालन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् भने कार्यक्रमको अध्यक्षता झलनाथ खनालले गरेका छन् ।

कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट २ हजारभन्दा बढी कार्यकर्ता उपस्थित भएको नेपाल-खनाल पक्षले जानकारी दिएको छ ।-lokpath