योगेशलाई सूर्य थापाको जवाफ : रेलको टिकट का’टिएको हो भने चढे हुन्छ, धेरै हुँ’कार र सिं’गौरी नगरे हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले योगेश भट्टराइे का’रबाही गरेर देखाउन भन्दै दिएको चे’तावनीप्रति टिप्पणी गर्नुभएको छ ।प्राईम टाइम टेलिभिजनमा ऋषि धमला सँग कुरा गर्दै उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ,”धेरै हुँ’कार र सिं’गौरीको केही अर्थ हुन्न ।

पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ । छु’ट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट का’टिएको हो भने चढे हुन्छ ।”तर, तपाईँहरुलाई अप्ठ्यारो होला नि रु उहाँहरु बाहिरिँदा खेरि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने(“होईन, २०५५ सालमा पनि धेरै साथीहरु बाहिरनुभएको थियो ।

आज भन्नुभएकै कतिपय साथीहरु बाहिरिनुभएको थियो । ती साथीहरुको धेरै अनुहार आज मिलिसकेका छन् ।वामदेव गौतमको एकता अभियान हो कि भ्र’म अभियान हो रु उहाँहरुले ०५८ सालमा आईन्दा अब वि’भाजनकारी काम गर्दैनौं । यसो गर्दैनौं । फागुन ३ गते एकतामा सामे’ल हुनुभाथ्यो । आज फेरि किन्तु, प’रन्तु भनिकन त्यही गतिविधि अघि बढाईरहनुभएको छ ।”