चितवनमा अटो दु र्घटना : ५ को  नि धन

चितवन, मंसिर २२ । चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अटोमा ६ जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

ज्यान गुमाउनेमध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ। अन्य चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

तीन जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा र दुई जनाको भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो।

ज्यान गुमाउनेमा दुई पुरुष र तीन महिला छन्। दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल पूर्वी चितवनको भण्डाराबाट दुई किलोमिटर उत्तरमा पर्छ। मृत्यु हुने सबै २५ देखि ३५ वर्ष उमेर समूहका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.