राष्ट्रिय भेला असफल पार्न ‘साइवर साँढेहरु’को षड्यन्त्र

काठमाडौं । आजदेखि शुरु हुन लागेको राष्ट्रिय कार्यकर्ता भेला असफल पार्न षडयन्त्र भएको नेकपा एमालेको माधव नेपाल पक्षले बताएको छ । आज र भोलि (चैत ४ र ५ गते) ललितपुरमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भएको भन्ने झुटो विज्ञप्तीको खेल रचिएको भन्दै नेपाल–खनाल पक्षले भ्रममा नपर्न आग्रह गरेको छ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘नेकपा एमाले प्रचार विभाग, योगेश भट्टराई’को नाममा विज्ञप्ति बनाएर भेला रोकिएको भन्ने ब्यहोरासहितको विज्ञप्ती प्रकाशित भएको थियो

यो ‘साइबार साँढेहरूको कर्तुत’ भएको नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले बताएका छन्। ‘छलछामको हद भयो। साइबर साँढेहरूको कर्तुत हो यो,’ डा. पौडेलको आग्रह छ, ‘कोही पनि भ्रममा नपरौं ४ र ५ गतेको भेला यथावत् छ।’