इजरायलमा रोजगारीको लागि चैतमै आवेदन लिन सुरु गरिने

काठमाडौं। इजरायल श्रमिक पठाउने सम्बन्धमा कार्यविधि यसै महिनामा तयार हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतमणी पाण्डेले कार्यविधि तयार भइसक्नासाथ आवेदनका लागि आह्वान गरिने जनाएका छन्।

कार्यविधि सरोकारवालाहरुसँग छलफलका लागि पठाएको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार अन्य सबै कामहरु सकिएको तर कार्यविधिअन्तर्गत कसरी युवा पठाउने, कसरी अन्तर्वार्ता लिने, समग्रमा युवा छान्नको लागि कस्ता नियमहरु अपनाउने लगायतका विषयमा निर्णय हुन बाँकी छ।

प्रवक्ता पाण्डेले भने, ‘आन्तरिक कार्यविधि सकिएको छैन। त्यो पूरा भइसकेपछि बल्ल कार्यान्वयनमा जान्छौं। महिनाको कुरै होइन, त्यसलाई हामी चाँडोभन्दा चाँडो सक्छौं।’ त्यसैगरी, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि बन्दै गरेकाले आवेदनमा ढिला भएको बताएका छन्।

उनका अनुसार कार्यविधि सम्बन्धमा लगातार छलफल भइरहेको छ। त्यस्तै, उनले आवेदन माग गर्ने सफ्टवेयर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जनाएका छन्। उनका अनुसार आन्तरिक कार्यविधि पूरा भइसकेपछि अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गरिने छ।
इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले इजरायलसँग भएको श्र’मिक सम्झौतानुसार श्रमिक छिटो ल्याउन दिनदिनै ताकेता गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘प्रक्रियाहरु धेरै लामो हुने रहेछ। सम्झौता गरिसकेपछि पनि धेरै कामहरु गर्नु पर्ने रहेछ, सबै कामहरु यहाँ (इजरायल)बाट हामीले गरिसकेका छौं।

कहिले काहीँ का’नुनी हिसाबले पनि समय लागेको हुन सक्ने उनले बताइन्। पारिश्रमिक र सु’रक्षाका हिसाबले निकै आकर्षक मा’निएको इजरायलसँग गरिएको उक्त सम्झौता अन्य कारणले नरोकिने डा.शाक्यले बताएकी छन्। उनले भनिन्, ‘यो इजरायलको राजनीतिले पनि रो’किँदैन र नेपालको राजनीतिले पनि रोकिँदैन।

यो सम्झौता इजरायल र नेपालको क्याबिनेटबाट हस्ताक्षर भइसकेको हुनाले अब स’मस्या रहँदैन।’ यो सम्झौता नर्सको लागि नभएको र नर्सको लागि छुट्टै कार्यविधिहरु अगाडि बढाउनेतिर लागिपरेको समेत डा. शाक्यले बताइन्। उनले भनिन्, ‘यो त नर्स नभएकाहरु, नर्स बन्न नसकेकाहरु, नर्स बन्न लागेकाहरु जसले काम गर्न नपाएकाको लागि अवसर हो।

उहाँहरुले यहाँ पाँच वर्ष काम गर्नु भयो भने यहाँको धेरै टे’क्नोलोजीहरुसम्बन्धी समेत ज्ञानहरु लिएर जानुहुन्छ।’ इजरायलमा रोजगारीका लागि नेपाली का’मदार पठाउने सम्बन्धी सम्झौता गत असोजमा भएपनि प्रो’टोकलमा भने गत माघमा हस्ताक्षर भएको थियो ।इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे के’यर से’न्टरहरु)मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि का’र्यान्वयन प्रो’टोकलमा हस्ताक्षर भएको थियो।

श्रम रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इजरायली राजदूत ह’नान गो’डेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सम्झौतामा गत माघ ८ गते हस्ताक्षर गरेका थिए। नेपाली श्र’मिक सरकारी सयन्त्रमार्फत अर्थात् जी’टुजीमार्फत इजरायल रोजगारीमा पठाउने गरी हस्ताक्षर भएको छ। प्रो’टोकलअनुसार इजरायलमा महिला र पुरुष गरी पाँच सय नेपाली का’मदार जानेछन्।