चि’नियाँ सामग्री सीधै रसुवागढी नाकामा

रसुवा । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले म’गाएका सामग्री पहिलो च’रणमा केरुङमा गो’दाम गर्ने र मो’टरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो ।

यसलाई परिवर्तन गर्दै चि’नियाँ ढु’वानी कम्पनीले ल्हासादेखि सि’धै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । गोदाम र भ’रिया खर्चमा कमी तथा महँगो क’न्टेनर भाडासमेत घ’टेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ ।अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनले आयात भएका सामग्री नेपाली क’न्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए ।चि’नियाँ ल्हो’सार पर्वका कारण केही समय स्थगन भएको थियो । गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्याएका सामग्री भन्सार हातामा आएका थिए ।

आ–आफ्ना सामानको परिमाण घो’षणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेकै छैन ।उनले माल सामग्री बोकी आएका करीब ८० मालवाहक ट्रक÷कन्टेनर भन्सार हातामा रहेकोे जानकारी दिए । सामान आयात गर्ने व्यापारीले आफ्नो क’न्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ ।

भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् । बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही क’न्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्क बापतको राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण रो’कथाम गर्न केरुङ सम्मको आउजाउ ब’न्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पुर्याई चि’नियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ । हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत वि’विध छन् ।