प्रचण्डको होमवर्कअनुसार नेपाल पक्षको गुट भेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल पक्षले गर्न लागेको गुट भेलालाई लिएर क’डा टिप्पणी गरेका छन् ।
भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिम हुन लागेको दावी गर्दै उनले यसलाई रमिता र गाइजात्राको संज्ञासमेत दिएका छन् ।

Ads by AdMana.net
थापाले फेसबुकमा नेपाल समूहको भेलामाथि १५ बुँदे टिप्पणी सार्वजनिक गरेका हुन् ।
१४ वटा बुँदामा उनले नेपाल समूहको भ’र्त्सना ना गरेका छन् भने १५ औं बुँदामा विभाजन र बि’खण्डनकारी तथा ए’कताविरोधी ह’र्कतहरुप्रति सा’वधान हुँदै एकजुट रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

पहिलो बुँदामा थापाले लेखेका छन्, ‘खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो ।’उनले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्राको संज्ञा दिएका छन् । पार्टीमा अलग समूह बनाएर पुनः प्रचण्डपथमा सामेल हुन जाने तयारी गरिएको उनको दा’वी छ ।

त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी वैठक स्थगित गरी पर्खिरहेको उनले उल्लेख गरेका छन् ।कार्यकर्ता भेलाको पोष्टरमा क्रस चिह्न लगाइदिएर थापाले आफ्नो आ’क्रोश पोखेका छन् ।