सामूहिक छलफलपछि ओली-नेपाल वान टु वान वार्तामा

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच वान टु वान वार्ता शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरुबीच भएको सामूहकि छलफलपछि ओली-नेपालबीच वान टु वान वार्ता शुरु भएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको भेटघाटमा ओली-नेपालबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानको पहल केन्द्रीत छलफल भइरहेको बताइएको छ ।

आजको सामूहिक भेटघाटका क्रममा नेपाल पक्षले ओली पक्षसँग २८ गतेको निर्णय फिर्ता गर्न माग गरेका थिए । ओलीले फागुन २८ गते एकलौटी ढंगले अध्यक्ष र महासचिव बाहेक अन्य सबैलाई हटाउने साथै प्रदेश इन्चार्ज तोक्ने लगायत विभागहरुमा मनोनयन गरेका थिए ।

संसद विघटनपछिको ओली(नेपालबीचको यो पहिलो भेटघाट हो । संसद विघटनसँगै पुष्पकमल दाहालसँग सहकार्य गरेर अघि बढ्ने पक्षमा देखिएका नेपाल सर्वोच्चले पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काइदिएपछि नेपाल एमालेमा नै फर्किएका थिए ।