वार्ता सकियो,छलफल सकारत्मक

काठमाडौं-ओली पक्ष र नेपाल पक्षको धुम्बाराहीमा जारी बार्ता सकिएको छ ।बैठकबाट बाहिरिएका नेता रघुजी पन्तले छलफल सकारात्मक भएको बताए ।बाहिरिदै गर्दा उनले प्रतिक्रियादिदै भने – हामीले आफ्नो अडान काएमै राखेका छौ , छलफल सकारात्मक भयो ।

धुम्बारहीमा भएको वार्ता करिब २ घण्टा चलेर सकिएको हो ।प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। एमाले मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई समान हैसियतमा बस्ने व्यवस्था मिलाइएको थियो ।

उनीहरु उस्तै कुर्सी, टेबल र उही लाइनमा बसेका थिए । नेकपा कायम रहँदासम्म त्यहाँभित्रको कुर्सी व्यवस्थापनलाई लिएर विवाद हुने गरेको थियो। त्यसमा नेपालले पनि प्रश्न उठाउने गरेका थिए । माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक पार्टी कार्यालय धुम्बारही पुगेका हुन । पछिल्ला दिनमा एमाले विभाजनतर्फ उन्मुख भएका बेला दुई पक्षबीच संवादहिनताको अवस्था थियो।

धुम्बाराहीको छलफलका लागि एमालेका अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्। त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका थिए ।