सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हाल्यो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका बताएका छन् ।

आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अदालतले अनावश्यक ठाउँमा हात हालेको बताए ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।

एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको उनीहरुको भनाई थियो । केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।

Facebook

Twitter

Messenger

WhatsApp

LinkedIn

Share