बेल्जियम पुगेपछि फेरिएको गरिमाको पहिरन

अभिनेत्री गरिमा पन्त पर्दामा नदेखिएको लामो समय भइसकेको छ । बेल्जियम निवासी हरि शर्मा थपलियासँग लगनगाँठो कसेपछि उनी सक्रिय अभिनय जीवनबाट टाढा भइन् । उनी पछिल्लो पटक फिल्म ‘तीन घुम्ती’ मा देखिएकी थिइन् ।

उनले एक समय आफ्नो जीवन्त अभिनयबाट दर्शकको मनमा डेरा जमाएकी थिइन् । उनको एक दशक लामो फिल्म करिअरमा सबैभन्दा उत्कृष्ट फिल्म ‘झोला’ मानिन्छ । यसबाट उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेकी थिइन् ।

फिल्ममा विशेषगरि गाउँले युवतीको भूमिका निर्वाहा गरेकी उनको सुन्दरताको फिल्म क्षेत्रमा अझै पनि चर्चा हुने गर्दछ । सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी गरिमा पुनः काँचको पर्दामा कहिले फर्किन्छिन् भन्ने धेरैलाई चासो छ ।

उनले आफू चाँडै अभिनयमा फर्किने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यो समय जुरेको छैन ।

आफ्नो फिल्मी करिअरमा उनी कुनै फिल्ममा बो ल्ड अवतारमा प्रस्तुत भइनन् । निर्देशकहरुले पनि उनलाई त्यो अवतारमा प्रस्तुत गर्न चाहेनन् । पर्दामा कुर्था र साडीमा देखिने गरेकी उनको विवाहपछि भने पहिरन शैली फेरिएको छ ।

उनको फेसुबक निहाल्ने हो भने उनलाई प्रायः बो ल्ड अवतारमा देख्न सकिन्छ । दर्शकहरुले पनि उनको यो अवतारमा पनि सुन्दरताको तारिफ गरिरहेका छन् ।

10 Trackbacks / Pingbacks

  1. price priligy usa
  2. hydroxychloroquine sulfate cost
  3. hydroxychloroquine liver disease
  4. hydroxychloroquine dosage chart
  5. hydroxychloroquine proven effective
  6. ivermectil for women walmart
  7. dosage of priligy for men
  8. buy ivermectin canada
  9. hydroxychloroquine 6 online
  10. ivermect safe in pregnancy

Comments are closed.