
काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन २ का विजेता टिम प्रमोदबाट राम लिम्बु भएका छन् ।
आज भएको ग्राण्ड फिनालेमा रामले बाजी मारेका हुन् । रामले सनिश श्रेष्ठ, आरिफ र विकास लिम्बुलाई पछि पारेका हुन् ।
काठमाडौंको ह्यात होटलमा भएको ग्राण्ड फिनालेमा रामले नेपथ्य ब्याण्डको सानोमा सानो कमलको बोलको गीत गाएका थिए ।