जेकी श्राफले नेपाली भादगाउँले टोपी लगाएको तस्वीर सोशल मिडियामा बन्यो निकै नै भाईरल

एजेन्सी । बलिउडका सुपरस्टार जेकी श्राफले नेपाली भादगाउँले टोपी लगाएको तस्वीर सोशल मिडियामा निकै नै भाईरल बनेको छ । उनले आफ्नो ६४ औं जन्मदिनको अवसरमा नेपाली भादगाउँले टोपी लगाएको फोटो उनकी श्रीमती आयशा श्राफले शेयर गरेपछि उक्त तस्वीर सोशल मिडियामा भाईरल बनेको हो । श्रीमति आयशा श्राफले आफ्नो अफिसियल इन्स्टाग्राममा उक्त तस्बिर शेयर गर्दै जेकीलाई जन्मदिनको शुभकामना दिएकी छन् ।

आयशाले राखेको जेकीको तस्बिरमा जेकी नेपालको झन्डा र खु ‘कु’ री अंकित भादगाउले टोपी लगाएर हाँसिरहेका छन् । उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्ने केही खुलाइएको छैन । आयशाले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ लेखेकी छन् । आयशाको यो पोस्टमा उनलाई बलिउडका कलाकार तथा स्टारले शुभकामना दिइरहेका छन् ।

जेकीलाई बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले ‘दादा’ भनेर सम्बोधन गर्छिन् । जेकी मनिषाको विवाहताका नेपाल पनि आएका थिए । मनिषाले गत वर्षको जनवरी ७ मा जेकीसँगको तस्बिर ट्वीटरमा राखेकी थिइन् । जहाँ जेकी ढाका टोपीमा सजिएका थिए । जेकीले बलिउडमा निकै लामो यात्रा तय गरेका छन् । उनले आफ्नो करियर मोडलिङबाट शुरु गरेका थिए । त्यसपछि उनले कैयौं फिल्ममा सानो सानो भूमिका निभाए ।

तर निर्देशक सुभाष घईको फिल्म ‘हीरो’ले उनलाई पहिचान दिलायो । त्यसपछि उनले ‘कर्मा’, ‘राम लखन’, ‘त्रिदेव’, ‘सौदागर’, ‘त्रिमूर्ति’ जस्ता हिट फिल्ममा प्रमुख भूमिकामा अभिनय गरे । उनी चाँडै नै सलमान खानको फिल्म ‘राधे योर मस्ट वान्टेड भाई’मा एक प्रहरी अधिकृतको भूमिकामा देखिदैछन् । यसबाहेक उनी हाल फिल्म ‘अतिथि भू’ तो भव’को सुटिङमा व्यस्त छन् ।

14 Trackbacks / Pingbacks

  1. priligy canada pharmacy
  2. alternatives to ventolin hfa inhaler
  3. hydroxychloroquine stock
  4. hydroxychloroquine acr pdf
  5. hydroxychloroquine use in humans
  6. hydroxychloroquine medication
  7. ivermectil dosage
  8. stromectol for infants
  9. priligy sublingual
  10. ivermectin stromectol 6 mg
  11. deltasone may treat
  12. hydroxychloroquine forte 400 mg
  13. stromectol for dry cough
  14. viagra in canada over the counter

Comments are closed.