एयरपोर्टको स्तब्ध पार्ने तस्बिर : जाँदा आकाशमा, आउँदा बाकसमा

काठमाडौं /वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृ त्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृ त्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो ।

एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो । निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

शव लिनका लागि विमानस्थल पुगेका मृ तकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन् । सरकारले देशभित्रै पर्याप्त रोजगारीको सिर्जना गर्दै श्रमको उचित मूल्य दिनसके बाकसमा लाश बनेर आउनुपर्ने नियतिको अन्त्य हुने थियो कि ! -सुवास श्रेष्ठ/ratopati