अर्बपतिकी छोरीको रहस्यमय मृ त्यु, पिताले भने – ‘कुनै ष ड्यन्त्र छैन’

र्बपति व्यापारीकी छोरीको निकै अग्लो बिल्डिङको झ्यालबाट खसेर मृ त्यु भएपछि यो विषयले विभिन्न तर्कहरु उब्जाएको छ । १९ वर्षकी भलेरिया शापिलेन्कोको १९ औं जन्मदिनको ठिक भोलिपल्ट मृ त्यु भएको हो । रुसी अर्बपतिकी छोरीको यसरी मृत्यु भएपछि रुसी मिडियामा यो मृ त्युमा कुनै आ पराधिक ष ड्यन्त्र हुन सक्ने अनुमान गरिएको छ । तर, उनका पिताले भने कुनै षड्यन्त्र भएको कुरा अस्वीकार गर्दै मानिसहरुलाई हल्लाको पछि नलाग्न अपिल गरेका छन् ।

टेक्नो पार्को नेटवर्ककका मालिक र मृ तकका पिता आन्द्रेइ स्पिलेन्कोले आफ्नी छोरी अग्लो बिल्डिङमा रहेको आफ्नो बेडरुमको झ्यालबाट दुर्भाग्यवश खसेको र उनको दुखद मृ त्यु भएको बताउँदै यसमा आपराधिक किसिमको कुनै कुरा नभएको बताए । १९ वर्षका भलेरियाको शव टावर ब्लकमा उनको घरको तल पाइएको थियो । जाँच एजेन्सीहरुले उनको मृ त्युको जाँच गरिरहेका छन् ।

उनका पिताले रुसी मिडियामा आफ्नी छोरीको १९ औं जन्मदिनको ठिक भोलिपल्ट दिउँसो १ बजे भएको मृ त्युमा कुनै ष ड्यन्त्रको सम्भावनालाई पूरै खारेज गरेका छन् । उनले भने ‘यो मेरो र मेरो परिवारको लागि निकै कठिन समय हो । गलत सूचना फैलाउनबाट बच्नको लागि मलाई मानिसहरुलाई यो सन्देश दिन बाध्य हुनुपर्यो ।’

उनले अगाडि भने ‘मैले देखिरहेको छु कि कसरी मिडिया संस्थान सूचनाको गलत व्याख्या गर्ने कोसिस गरिरहेका छन् र यसलाई विकृत र आपराधिक घटनाको रुपमा पेश गर्ने कोसिस गरिरहेका छन् ।’ पुलिस सूत्रले सुरुवाती जाँचमा संघर्षको कुनै संकेत नभेटिएको बताउँदै जाँच जारी रहेको बताएको छ । कुनै सुसाइड नोट भेटिएको छैन । उनका साथीहरुले पनि उनीमा आत्मघाती भएको कुनै संकेत नभएको बताएका छन् ।