शैलुङ गाउँपालिका वडाध्यक्षको कोरोनाबाट मृ त्यु

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यको कोरोना भाइरसको संक्रमणबाट मृ त्यु भएको छ।

वडाध्यक्ष प्रेम लामा भनेर चिनिने धावा वाङगेल लामाको सोमबार दिउँसो ३ बजे ललितपुरस्थित किष्ट अस्पतालमा मृ त्यु भएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए।

उनी २१ गते उपचारका लागि काठमाडौं आएका थिए। उनलाई दुई दिन चाबहिलस्थित एक अस्पातलमा भर्ना गरिएको थियो।

‘सुरूमा उहाँमा संक्रमण देखिएको थिएन। २० गतेसम्म उहाँलाई सामान्य रुघाखोकी लागेको थियो,’अध्यक्ष दुलालले भने,’चाबहिलको अस्पतालमा पहिले संक्रमण देखिएको थिएनपछि संक्रमण देखिएपछि किष्टमा भर्ना हुनुभयो।’

वडाध्यक्ष लामा काठमाडौंमा छोराछोरीसँग उपचार गराउन आएका थिए।

उनको मृत्यु भएपछि दोलखाबाट गाउँपालिका सहितको टोली काठमाडौं आउँदै छ।

उनको मंगलबार अन्त्येष्टि गरिनेछ वडाध्यक्ष दुलालले बताए।

‘हाम्रो परम्परा अनुसार उनको स्वयम्भूमा अन्त्येष्टि गरिनुपर्ने हो तर अब सेनाले कहाँ गर्ने भन्छ,’अध्यक्ष दुलालले भने।

अहिले उनको शव किष्ट अस्पतालमै राखिएको छ। -सेतोपाटी