इन्गेजमेन्ट गरेर विवाह नगरेका यी हुन् बलिउडका चर्चित कलाकारहरु, यसकारण गरेनन् विवाह

एजेन्सी – बलिउडका धेरै कलाकार अफेयरमा रहेको सुन्न पाइन्छ । बलिउडका अभिनेता होस् या अभिनेत्री कुुनै न कुनैको प्रममा रहेकै हुन्छन्। तर धेरैजसो कलाकारहरुकोे प्रेम एउटासँग विवाह एउटासँग हुने गर्छ । त्यस्तै बलिउडमा यस्ता कलाकार पनि छन् जसको इन्गेटमेन्ट भयो तर विवाह भने भएन ।

उनीहरुले आफ्नो तरिकाले इन्गेटमेन्ट गरे तर परिवारसँग कुरा नमिल्दा वा अन्य कुरा नमिल्दा विवाह गरेनन् । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले रविना दण्डनसँग इन्गेजमेन्ट गरेका थिए तर उनले उनीसँग विवाह भने गरेनन् । उक्त सम्बन्ध अक्षयले नै तोडेको रविना दण्डनले बताउने गरेकी छिन् । त्यस्तै अर्का अभिनेता अभिषेक बच्चनले पनि इन्गेटमेन्ट गरेर विवाह गरेनन् ।

उनले पनि अभिनेत्री करिश्मा कपुरसँग इन्गेटमेन्ट गरेर विवाह गरेनन् । यो सम्बन्ध पनि अभिषेकले नै तोडेको बताइएको छ । उनले बच्चन परिवारले विवाह गर्न नसक्ने भन्दै सम्बन्ध तोडेको बताइएको छ । त्यसैगरी अभिनेता अक्षयले सिल्पा सेट्टीसँग पनि इन्गेजमेन्ट गरेका थिए तर विवाह भने गरेनन्।

त्यस्तै अभिनेता विवेक ओबरोएले पनि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे तर विवाह गरेनन् । त्यस्तै बलिउडका स्टार सलमान खानले पनि संगिता बिजलानीसँग विवाह गर्न लाग्ेका थिए । तर बिभिन्न कारणले उनीहरुको विबाह हुन सकेन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.