पुलिसको हेलिकप्टरबाट खिचिन्थ्यो मोडलको न ग्न भिडियो !

इङल्याण्डको योर्कशायरमा पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले पुलिसविरुद्ध मानहानीको केस जितेकी छिन् । ट्रेसीले आफू आफ्नो गार्डेनमा न ग्न भएर सनबाथ लिइरहेका बेला एक जना पुलिसकर्मीले पुलिस हेलिकप्टरबाट आफ्नो भिडियो बनाएको आरोपसहित मुद्दा हालेकी थिइन् । ट्रेसीले यो मुद्दामा २ लाख पाउण्ड (३ करोड १५ लाख रुपैयाँ)को दावी गरेकी थिइन् । मिररका अनुसार पुलिसले ट्रेसीसँग सेटलमेन्ट गरेको बताएको छ ।

पुलिसले मानहानीको रकमबारे कुनै जानकारी दिएको छैन तर केस सेटलमेन्ट गरेको बताएको छ । ट्रेसीले जुन व्यक्तिले सरकारी हेलिकप्टरको प्रयोग आफूले मजा लिनको लागि गर्छ र अपराधीकाथि निगरानी गर्नुको सट्टा यस्ता हर्कत गर्छ, यस्तो व्यक्ति समाजको लागि खतरा हुने बताएकी थिइन् । ५४ वर्षकी ट्रेसीले पुलिसले आफ्नो निजी गोपनीयताको हनन गरेको र यो घटनाको माध्यमबाट आफूलाई मानसिक रुपमा प्रताडित गरेको आरोप लगाएकी थिइन् ।

आरोप लागेका ५४ वर्षका पूर्व कन्स्टेबल एद्रियान पोगमोरले आफूले दक्षिणी योर्कशायरको पुलिस हेलिकप्टर प्रयोग गरेर ट्रेसीको जा सुसी गरेको स्वीकार गरेका थिए । यो सरकारी हेलिकप्टरमा निकै शक्तिशाली क्यामेरा जडान गरिएको छ जसले गाडीको नम्बर प्लेटलाई २ माइलको दूरीबाट समेत प्रस्ट बुझिने गरी खिच्न सक्छ ।

ट्रेसीका अनुसार उनी र पोगमोरले एउटै स्कुल पढेका हुन् । उनले आफूहरुको चिनजान पुरानो भएकोले पोगमोरले अन्य विधिबाट वर्षौंदेखि आफ्नो जासुसी गरिरहेको हुन सक्ने चिन्ता समेत व्यक्त गरेकी थिइन् । पोगमोर साउथ योर्कशायर पुलिसको एयर सपोर्ट युनिटमा काम गर्थे । उनीमाथि यो हेलिकप्टरको क्यामेराबाट एक जोडीको यौन भिडियो पनि खिचिसकेको आरोप छ ।