३ दिन पछि हुँदैथ्यो विवाह, साथीहरुले नै जंगलमा लगेर निजी अंग काटिदिए

एजेन्सी । तीन दिन पछि विवाहको मिति तय भएको थियो । तर उनको जिवनमा सोच्नै नसक्ने घटना भयो । पैसाको लेनदेनमा भएको विवादका क्रममा २ साथीहरुले अ’प’हर’ण गरेर गोप्य अंग नै काटिदिए । उनलाई जंगलमा लगियो अनि निजी अंग काटियो ।

यो भारतको समाचार हो । भारतीय मिडियाका अनुसार बिहेको ३ दिनअघि उनको गुप्तांग काटिएको हो । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा भएको यो घटनाले एक युवकको जिवननै बर्बाद पारिदिएको छ । ति युवकको नाम समिर बताइएको छ ।

युवकका २ जना साथीले विवाद पछि उनलाई जंगलमा लिएर गए । उनको निजी अंग काटेर आफुहरु फरार भए । युवकको स्थिति निकै गम्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

समीर नामका ति युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर विवाद थियो । समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए । उनीहरुले आफूलाई पैसा दिन दबाब दिएका थिए । उनले आफ्नो विवाह हुन लागेको र अहिले आफुले पैसा दिन नसक्ने बताए ।

ती दुई जनाले समीरलाई लिएर जंगलमा गएको बताइएको छ । समीरले यसको जानकारी जसोतसो आफ्ना परिवारलाई दिए । परिवारले उनलाई गम्भीर हालतमा अस्पताल लगेका थिए । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार उनको स्थिति अत्यन्तै चिन्ताजनक छ ।