सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको हो ।