लिए यातयात मन्त्री नेम्वाङले एक्सन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरपाटी–सून्दरीजल सडकखण्ड विस्तारका लागि पाँचवटा निर्णय गरेको छ । उक्त निर्णय मध्ये पहिलो निर्णयको काम सुरुसमेत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सरोकारवाला निकायहरुलाई बोलाएर सडक विस्तारका लागि पाँच निर्णय गराएका हुन् ।

मन्त्री नेम्बाङको उपस्थितिमा मन्त्रालयमा भएको बैठकले उक्त सडकखण्डका लागि पाँचवटा कार्य तत्काल सुरु गर्ने गरी निर्णय गरिएको हो । जोरपाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउन सुरु गरीएको छ । मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएपछि काम सुरु गरिएको हो ।

सात किलोमिटर रहेको उक्त सडकखण्डको नगरपालिकाका प्राविधिकहरुको टोलीले २२ मिटर चौडा हुनेगरी नापजाँच गरी कामको थालनी गरिएको हो । अहिले सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य भइरहेको छ ।

लामो समयदेखि उक्त सडकखण्ड अस्तव्यस्त छ । ठाँउ–ठाँउमा खाल्डाखुल्डी परेका छन् । कतै पानी जमेको छ । पर्यटकीय क्षेत्र यो सुन्दरीजल घुम्न जाने मुख्य सडक यो क्षेत्रमा पर्यटकलाई समेत सास्ती हुने गरेको थियो । सडक विस्तारको काम सुरु भएपछि स्थानीयहरु उत्साहित बनेका छन् । पर्यटकसमेत थपिने सरोकारवालहरु
बताउँछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.