बर्गर खान मन लागेपछि ३ लाखमा हेलिकप्टर बुक गरेर ७ सय २५ किलोमिटर यात्रा

एक धनी व्यक्ति विदा मनाउन गएका थिए । उनलाई बर्गर खान मन लाग्यो । उनलाई आफू बसेको ठाउँमा नजिक पाइने खानेकुरा खान मन लागेन । त्यसपछि उनले ३ लाख रुपैयाँमा २ घण्टाको लागि हेलिकप्टर बुक गरे र म्याकडोनाल्डको रेष्टुरेण्ट पुगे । यी व्यक्तिले बर्गर लिनकै लागि दुईतर्फी गरेर ४५० माइल अर्थात ७२५ किलोमटर यामो यात्रा गरे ।

बेलायती अखबार मिररमा प्रकाशित रिपोर्टअनुसार यी व्यक्ति रुसी अर्बपति भिक्टर मार्टिनोभ हुन् । भिक्टरले निजी याटको व्यवसाय गर्छन् । म्याकडोनाल्ड रेष्टुरेण्ट पुग्नको लागि उनले २ हजार पाउण्ड हेलिकप्टर रिजर्भ गर्नको खर्च गरे र गर्लफ्रेण्डलाई साथमा लिएर बर्गर खान गए ।

३३ वर्षका भिक्टर क्रिमियामा विदा मनाउन गएका थिए । त्यहाँ बस्ने क्रममा उनलाई म्याक डोनाल्डको बर्गर खान मन लाग्यो । त्यसपछि उनी हेलिकप्टर लिएर क्रिमियाबाट क्रासनोडर पुगे । २०१४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले म्याकडोनाल्डसहितका केही पश्चिमी कम्पनीहरुलाई क्रिमियामा प्रतिबन्ध लगाएका कारण क्रिमियामा म्याकडोनाल्डका सामान पाइँदैनन् ।

रेष्टुरेण्टमा गएर भिक्टरले बिग म्याक, फ्रेन्च फ्राइ, मिल्कशेक लगायतका खानेकुरा प्याक गराएर लिएर आए । खानेकुराको मूल्य ४९ पाउण्ड (करिब ७ हजार ८ सय रुपैयाँ) पर्यो । हेलिकप्टर उपलब्ध गराउने कम्पनीले पनि यसअघि कहिल्यै खानेकुरा लिनकै लागि हेलिकप्टर यसअघि कसैले बुकिङ नगरेको बताएको छ ।