बलिउड लोकप्रिय अभिनेता सन्नी देवललाई पनि कोरोना लागेको छ ।
केही दिनयता आफ्नो परिवारसँग छुट्टी मनाउन कुल्लु जिल्लाको मनालीस्थित आफ्नो फार्महाउसमा गएका सन्नीलाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हिमाञ्चलका स्वास्थ्य सचिव अमिताभ अवस्थीले पुष्टि गरेका छन् ।
कोरोना संक्रमणको पुष्टि भए लगत्तै ६४ वर्षीय सन्नी हाल चिकित्सकको निगरानीमा रहेका छन् ।
सचिवका अनुसार सन्नी त्यहाँबाट भोलि मुम्बई फर्किने तयारी गरिरहँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
अब उनी केही दिन हिमाञ्चलमा नै रहनेछन् । सन्नीको परिवार भने मुम्बई फर्किसकेको छ ।