छेपारोजस्तै एलिगेटरको पुच्छर पनि दोस्रोपटक पलाउँछ

साना सरीसृप जीव छेपारो र गेको उनीहरुको शरीरमा भएको अद्भूत क्षमताका कारण चिनिन्छन्।

उनीहरुको पुच्छर दोस्रोपटक पनि पलाउँछ।

तर नयाँ अनुसन्धानले साना सरीसृपमा नभएर ठूलो सरीसृप जीव एलिगेटर गोहीको समेत पुच्छर पुनः पलाउने पत्ता लागेको छ।

साइन्टिफिक रिपोर्टमा छापिएको अनुसन्धान अनुसार जुभेनाइल स्थितीमा भएको एलिगेटर गोहीको पुच्छर दोस्रोपटक पनि पलाउँछ।

अनुसन्धानकर्ताका अनुसार अण्डाबाट निस्किएर वयस्क नभइन्जेलसम्मको अवस्थालाई जुभेनाइल भनिन्छ।

यो समयावधिमा कुनै दुर्घटनाका कारण एलिगेटरको पुच्छर चुँडिएको हुनसक्छ।

यस्तो अवस्थामा जुभेनाइल स्थितीको एलिगेटरको पुच्छर ९ इन्चसम्म फेरि पलाउँछ। अर्थात शरीरको १८ प्रतिशत लम्बाई पुच्छर फेरि बढ्छ। सीएनएन