बाजा लिएर आएका बेहुलासंग धुमधामसंग बेहुलीले विवाह गरिन् तर विदाइको बेलामा प्रेमीसंग भागिन्

एजेन्सी/बुवाआमाले धुमधामसंग छोरीको विवाह गरिदिए । बेहुली बनेर बेहुलासंग सात फेरा लिइन् । तर विवाहको रात नै उनी आफ्ना प्रेमीका साथ लागेर हिडिन् । यो घटना भारतको उत्तर प्रदेशको गोंडामा भएको हो । राती आफ्नो घर भित्र्उाएको वुहारीको स्वागतका लागि वेहुलाको घरमा तयारी गरिएको थियो ।

यो घटना भारत गोंडाको चपिया पुलिस स्टेशन क्षेत्रको हो। यहाँ २६ नोभेम्बरको रात एक व्यक्ति गोंडाको मानकपुर पुलिस क्षेत्रबाट जन्ती लिएर गाउँमा आए। वाजागाजा सहित धुमधाम विवाह भयो । सबै मांगलिक काम पनि भयो । विवाहमा वेहुला बेहुलीले सात फेरा लिए । समारोह पनि सम्पन्न भयो।

जब सबै अनुष्ठानहरू पूर्ण भए । अब विदाईको काम मात्र बाँकी थियो । विवाहको सबै काम सकिएपछि जन्ती र परिवारका सदस्य सबै आराम गर्न लागे । विहान वेहुली विदाई गर्ने योजना थियो । विहान उज्यालो भयो तर वेहुली भने थिइनन् । उनी आफ्ना प्रेमीसंग गइसकेकी थिइन् ।

बिहान, जब दुलहीको परिवारले दुलही घरमा नभएको थाहा पाए सबै छक्क परे। सुरुमा उनीहरूले कसैलाई नभनी बेहुलीको खोजी गरे । उनलाई छिमेकमा जतासुकै खोजीयो ।

बिस्तारै, समाचार फैलियो कि दुलही घरमा छैनन्। जन्तीमा मौनता थियो। के गर्ने भनेर कसैलाई थाहा भएन। यस पछि, दुबै पक्षका व्यक्तिहरूले अब के गर्ने भनेर कुरा गर्न थाले।

यसपछि गाउँलेहरूको सहयोगमा दुबै पक्षले सम्झौता गरे कि कसैले कारबाही नगर्ने । यो घटना प्रहरीकोमा गएपनि कसैलाई कारवाही भएन ।