गाईको बाच्छी मा रेको आरोपमा राई पक्राउ

विराटनगर । आफ्नै भाइले पालेको गाईको बाच्छी मा रेको आ रोपमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको बाच्छी मा रेको भन्दै इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गजेन्द्रका दाजु भूपेन्द्रलाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

राईका अनुसार घरायसी वि वादका क्रममा भाइले पालेको गाईको बाच्छीलाई भूपेन्द्रले हथौडाले हा नेर मा रेको खुलेको छ । हथौडाले बारम्बार प्र हार गरिएका कारण बाच्छी घटनास्थलमै म रेको प्रहरीले जनाएको छ ।

हथौडासहित पक्राउ परेका भूपेन्द्रविरुद्ध कारवाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको डीएसपी राईले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।