बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

बर्दिबास/महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

बालिका ब लात्कारपश्चात ह त्याको वि रोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृ त्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएका उनले बताए।