बेवारिसे शव व्यवस्थापन गर्ने नेपालकी सपना मगर परिन् बीबीसीको प्रभावशाली १०० महिलाको सूचिमा

काठमाडौँ – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी नेपाली युवती सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले सार्वजनिक गरेको विश्का १०० प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया रोका पनि परेका हुन् ।

सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन् ।

सूचिमा परेकी उनले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन् ।